Kathmandu Press

विदेशमा अलपत्र नेपालीको उद्दार गर्न सरकारलाई सर्वोच्चको पाँच बुँदे निर्देशन

काठमाडाैं, चैत २५ : सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका नेपालीको उद्दार गर्न सरकारलाई निर्देशन दिएको छ। 

सर्वोच्चका न्यायाधीशहरु दीकप....

विदेशमा अलपत्र नेपालीको उद्दार गर्न सरकारलाई सर्वोच्चको पाँच बुँदे निर्देशन

काठमाडाैं, चैत २५ : सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका नेपालीको उद्दार गर्न सरकारलाई निर्देशन दिएको छ। 

सर्वोच्चका न्यायाधीशहरु दीकपकुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले विदेशमा अलपत्र परेका नेपालीको उद्दार गर्न सरकारलाई निर्देशन दिएको हो। कोरोना भाइरसका कारण नेपालसँगै विश्वनै लकडाउनको अवस्थामा रहे पनि आफ्ना नागरिकको सुरक्षामा राज्य प्रयत्नशील नदेखिएको भनेको छ।

सर्वोच्चले भनेको छ,’यो लकडाउनको अवस्थामा नेपालका नागरिकहरु विश्वको जुनसुकै कुनामा रहेको भएतापनि निजहरूले खान, बस्न र स्वास्थ्य उपचारको अभावमा बस्नु नपरोस्।’

Hardik ivf

यस्तै, न्यायाधीशद्वय कार्की र शर्माको इजलासले भारतीय भू-भाग धार्चुलामा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेशमा रोक नलगाउन निर्देशन दिएको छ। 

'महाकाली पारीको भारतीय क्षेत्रमा रोकिएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न रोक नलगाउनु साथै उनीहरुलाई नेपाल ल्याएर कोरोना संक्रमणको परीक्षण गर्ने, उनीहरुलाई आइसोलेसनमा राख्ने वा क्वारेन्टाइनमा राख्ने एवं कसैलाई संक्रमण भएको पाइएमा उचित उपचार समेत व्यवस्था गर्नु गराउनु भनी’ सर्वोच्च अदालतमा रिट दायर भएको थियो। रिटमाथि फैसला गर्दै सर्वोच्चले संवैधानिक व्यवस्थाअनुसार नागरिकको हकहितको रक्षा गर्नु राज्यको कर्तव्य भएको पनि भनेको छ।

'नागरिकको हकहितको रक्षा गर्नु राज्यको कर्तव्य हन्छ। नेपालका नागरिकहरु संसारको जुनसुकै भू-भागमा रहे/बसेको भए पनि उनीहरूलाई भोक र रोगले मर्ने अवस्था आउन नदिन र उनीहरुलाई सुरक्षा प्रदान गर्नु राज्यको कर्तव्य हुन आउँछ,’ सर्वोच्चले भनेको छ। विदेशबाट आउने सम्भाव्य संक्रमित नागरिकले सरकारले तोकेको समयावधिसम्म परिवार र समाजमा बिमुख रहन नसक्ने पनि भनेको छ।

यस्तै, सर्वोच्चले संक्रामक रोगको महामारीको समयमा संक्रमणलाई घुलमिल नभई सरकारले तोके बमोजिमको क्वारेन्टाइनमा बस्नु पर्ने भनेको छ।

हेर्नुस् सर्वोच्चको पाँच बुँदे निर्देशन 

१) विदेशमा खान, बस्न र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकहरुको पहिचान गरी नेपाल फर्कन चाहने इच्छुक नेपाली नागारकहरूलाई सम्बन्धित मुलुकसँगसंग कूटनैतिक माध्यमवाट समन्वय गरी नेपाल ल्याउने आवश्यक व्यवस्था गर्नु गराउनु, उक्त कार्य तत्काल सम्भव नभएको अस्थमा निजहरूलाई तत् तत् स्थानमा खान, बस्न र स्वास्थ्य उपचार को यथोचित प्रवन्ध गरी नागरिकहरुको हक हितको रक्षा गर्ने व्यवस्था मिलाउन आवश्यक पहल गर्नु।

२) यसरी सो बमोजिम नेपालीहरू विदेशबाट नेपाल आएको अवस्थामा आएका सम्पूर्ण व्यक्तिहरुको नाम थर वतनसहितको अद्यावधिक लगत राखेरमात्र नेपाल प्रवेश गराउने व्यवस्था मिलाउन र निजहरूलाई क्वारेन्टाइनमा राख्नु।

३) नेपाल भारतको सिमामा रहेका नेपाल आउन इच्छुक नेपाली नागरिकहरुलाई नेपालमा ल्याई निश्चित समय क्वारेनटाइनमा राख्ने व्यवस्था मिलाउनु। त्यस्तो प्रवन्ध गर्न तत्काल सम्भव नभएमा भारत सरकारसँ समन्वय गरी लकडाउन अबधिसम्मका लागि निजहरुलाई खाने, बस्ने तथा उपचार यथोचित ब्यबस्था मिलाउन पहल गर्नु।

४) क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई डब्लुएचओको मापडण्डअनुसार स्वास्थ उपचार लगाएतका सेवा प्रदान गर्ने व्यवस्था गरी क्वारेन्टाइनलाई व्यवस्थित तवरले सञ्चालन गर्ने व्यवस्था मिलाउनु।

५) विदेशमा रहेका नेपालीहरुको भिषा समाप्त भएको वा राहदानीको म्याद समाप्त भएको कारणवाट कुनै समस्या पर्ने अवस्था भएमा त्यस्ता नेपाली नागरिकहरु रहेको मुलुकसँग समन्वय गरी नेपाली नागरिकहरुको विदेशको बसाइ नियमित गर्ने व्यवस्था मिलाउनु।

प्रकाशित मिति: १९:२४ बजे, मंगलबार, चैत २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्