Kathmandu Press

काठमाडौंमा तीन जनामा हैजा पुष्टि

तीन जनामा हैजा पुष्टि भएको छ, हैजा कसरी फैलियो भन्नेबारेमा अध्ययन गर्न टोली पठाइएको छ। अन्यत्र फैलिन नदिनका लागि सचेत छौं,’ उनले भने।
काठमाडौंमा तीन जनामा हैजा पुष्टि

काठमाडौं, साउन १३ : काठमाडौँमा तीन जना हैजाका बिरामी भेटिएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. अर्जुन सापकोटाले जानकारी दिए।

Hardik ivf

बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। ‘तीन जनामा हैजा पुष्टि भएको छ, हैजा कसरी फैलियो भन्नेबारेमा अध्ययन गर्न टोली पठाइएको छ। अन्यत्र फैलिन नदिनका लागि सचेत छौं,’ उनले भने।

यसअघि ललितपुरको एक सुधार केन्द्रमा हैजाका सात जना बिरामी भेटिएका थिए। कार्यालय प्रमुख डा. सापकोटाले दूषित पानीका कारण हैजा फैलिएको हुनसक्ने बताए।

केही दिनअघि टुकुचा खोला र बागमती नदीको संगम स्थलमा टेकुमा पोलियोको जीवाणु देखिएको थियो।

चिकित्सककानुसार हैजाको जीवाणु सङ्क्रमित खाना वा पानीको सेवन, सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले लाग्ने गरेको गर्दछ। संक्रमितको समयमै उपचार नभएमा मृत्यु पनि हुनसक्छ।

प्रकाशित मिति: १९:३२ बजे, आइतबार, साउन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्