Kathmandu Press

निलम्बित मुख्यसचिव अर्याललाई ५० हजार धरौटीमा छाड्न विशेष अदालतको आदेश

अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको आइतबारको इजलासले बयानपछि अर्यालसँग ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
निलम्बित मुख्यसचिव अर्याललाई ५० हजार धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं, साउन १३ : भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ।

अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको आइतबारको इजलासले बयानपछि अर्यालसँग ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशपछि धरौटी बुझाएर उनी आइतबार नै रिहा भएका छन्।

अर्यालमाथि सुरक्षण मुद्रण केन्द्रबाट नीजि क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो। भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको छ।

यस्तै, सोही मुद्दामा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसँग विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा मागेको छ।

प्रकाशित मिति: १९:१६ बजे, आइतबार, साउन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्