Kathmandu Press

सहकारीका विषयमा राजनीतिक दलहरूसँग मौखिक तथा लिखित सुझाव

आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा एमाले लगायत अन्य दलले सहकारी समस्याको स्थितिको बारेमा त्यसको समाधानका उपायका बारेमा मौखिक तथा लिखित सुझाव दिएको सभापति भापति सूर्य थापाले जानकारी दिए
सहकारीका विषयमा राजनीतिक दलहरूसँग मौखिक तथा लिखित सुझाव

काठमाडौं, साउन १३ : सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका विषयमा बिभिन्न राजनीतिक दलहरूसँग मौखिक तथा लिखित सुझाव लिएको छ।

आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा एमाले लगायत अन्य दलले सहकारी समस्याको स्थितिको बारेमा त्यसको समाधानका उपायका बारेमा मौखिक तथा लिखित सुझाव दिएको सभापति भापति सूर्य थापाले जानकारी दिए

Hardik ivf

‘अहिलेको सहकारी समस्याको स्थितिको बारेमा त्यसको समाधानका उपायका बारेमा संसदले हामीलाई प्रदान गरेको कार्यदेशमा आधारित भएर सुझाव दिन लिखितद्धारा पत्रचार गरेका थियौं,’ उनले भने, ‘आज एमालेको तर्फबाट प्रदीप ज्ञवालीले बैठकमा लिखित रुपमा सुझाव हस्तानतरण गर्नुभएको छ । अन्य केही दलले पनि मौखिक तथा लिखित सुझाव दिनुभएको छ।’

उनले आजै चाटर्ड एकाउन्टेन्टसम्बन्धी संस्थाका प्रतिनिधिसँग छलफल गरेको पनि उनले जानकारी दिए। सुझावका आधारमा सहकारी संस्था बचत रकम दुरुपयोगका सम्बन्धमा अध्ययन गर्न सहज हुने उनको विश्वास छ।

प्रकाशित मिति: १९:१२ बजे, आइतबार, साउन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्