Kathmandu Press

‘दुई ठूला दल मिल्नुपर्छ भन्ने एजेन्डा सुरुदेखि मैले नै उठाएको हुँ’

‘केवल सत्ता टिकाउन सँधै साना–साना २/४ सिट भएका दललाई बोकेर हिंडदा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले नै केही समयदेखि संसदमा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषयलाई उठाएको हुँ,’ उनले भने।
‘दुई ठूला दल मिल्नुपर्छ भन्ने एजेन्डा सुरुदेखि मैले नै उठाएको हुँ’

काठमाडौं, साउन १३ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालमा गरिखाने अवस्था सिर्जना गर्न, लगानी गर्ने वातावरण बनाउन र रोजगारीको अवस्थाको सिर्जना गर्न सक्छु भन्ने अठोट आफूमा रहेको बताएका छन्।

अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरि मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा सुरुदेखि आफूले उठाएको बताएका हुन्। हरेक ६÷६ महिनामा भइरहने सरकार गठन र विघटनले देशलाई धरासयी बनाएको उनको भनाई थियो।

Hardik ivf

‘केवल सत्ता टिकाउन सँधै साना–साना २/४ सिट भएका दललाई बोकेर हिंडदा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले नै केही समयदेखि संसदमा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषयलाई उठाएको हुँ,’ उनले भने।

कांग्रेस र एमालेको गठबन्धनको सरकारलाई कहिंकतै गल्ती गर्ने छुट नभएको भन्दै नेता कोइरालाले कांग्रेसले अब सुशासनको नारालाई जनताको घर–घरसम्म लैजाने बताए। ‘कांग्रेसले कुनै पनि प्रकारको भ्रष्टाचारको खुलेर विरोध गर्नुपर्छ,’ कोइरालाले भने ।

भारतको चण्डीगढमा आयोजित नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२औं अधिवेशनलाई सम्बोधन गर्दै नेता डा कोइरालाले निरंकुशता विरोधी हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतमा रहेका प्रवासीहरुले नेपाललाई ठूलो गुन लगाएको बताए।

प्रकाशित मिति: १९:०५ बजे, आइतबार, साउन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्