Kathmandu Press

‘रविजीले सरकार छाड्दै गर्दा रमाइलो झूठ बोल्नुभयो’

‘देशभरी सुन्दै गरेकाहरुलाई त्यत्रो ठूलो स्वरमा काम गरेर हल्ली खल्ली गरेर बिदा हुँदै गर्दा एउटा पनि फाइलन खोल्नु भएनछ त भनेर चिन्ता लाग्ला, एउटा फाइल चाहिँ खुल्यो, त्यो हो कान्तिपुर मिडिया ग्रुपका मालिको गिरफ्तारी,’ उनले भने, ‘भयो के दुनियाँ जान्दछ, खुदा पहाड, निक्ला चुहा!’
‘रविजीले सरकार छाड्दै गर्दा रमाइलो झूठ बोल्नुभयो’

काठमाडौं, साउन १३ : कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निवर्तमान गृहमन्त्री रवि लामिछानेले सरकार छाड्दै गर्दा रमाइलो झूठ बोलेको बताएकमा छन्।

आइतबारको प्रतिनिधिसभा बैठकको विशेष सययमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइनल खोलेको २४ घण्टामै सरकार ढालिएको भनेर मिठो झूठ बोलेको बताए छ।

Hardik ivf

उनले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल रवि लामिछाने गृहमन्त्री नहुँदै खुलेको बताए। उनले रविजी गृहमन्त्री नहुँदै शरणार्थी प्रकरणको फाइल खुलेर मुद्दा समेत दर्ता भइसकेको बताए।

‘गिरीबन्धुमा कसैले छुट पाउनुहुन्न। नक्कली भुटानी शरणार्थी पनि त्यही हो,’ उनले भने, ‘जुनबेला फाइल खुलेको थियो त्यो बेला कांग्रेस र माओवादीको सरकार थियो, निवर्तमान गृहमन्त्री रवि लामिछानले बिदा हुने बेलामा रमाइलो झुट बोल्नुभयो। कुनै फाइल खोलेको २४ घण्टामा सरकार ढालियो भनेर मिठो भ्रम दिनुभयो, त्यो केवल गलत थियो।’

रवि लामिछाने काम भन्दा हल्ला बढी गरेको उनले बताए। उनले बाँसबारी छालाजुत्ता कारखाना, बालमन्दिर जग्गा प्रकरणका लगायतका फाइलन पनि रवि लामिछाने गृहमन्त्री बन्नु भन्दा अगाडि नै खुलेको सांसद शर्माले बताए।

‘देशभरी सुन्दै गरेकाहरुलाई त्यत्रो ठूलो स्वरमा काम गरेर हल्ली खल्ली गरेर बिदा हुँदै गर्दा एउटा पनि फाइलन खोल्नु भएनछ त भनेर चिन्ता लाग्ला, एउटा फाइल चाहिँ खुल्यो, त्यो हो कान्तिपुर मिडिया ग्रुपका मालिको गिरफ्तारी,’ उनले भने, ‘भयो के दुनियाँ जान्दछ, खुदा पहाड, निक्ला चुहा!’

यस्तै, उनले नयाँ गृहमन्त्रीलाई भ्रष्टाचार नियन्त्रणमा कुनै आग्रह, पूवाग्रह नराखी काम गर्न आग्रह गरे।

प्रकाशित मिति: १५:४३ बजे, आइतबार, साउन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्