Kathmandu Press

पटक–पटक एउटै मान्छेलाई छानविनको जिम्मा दिनु राम्रो होइन : राजेन्द्र लिङ्देन

उनले पटक पटक एउटै मान्छेलाई छानविनको जिम्मा दिएर सरकार मौन किन रहेको भन्दै ध्यानाकर्षण गराए।
पटक–पटक एउटै मान्छेलाई छानविनको जिम्मा दिनु राम्रो होइन : राजेन्द्र लिङ्देन

काठमाडौं, साउन १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्समा कुन प्रकारको छानबिन समिति बनाइएको हो भनेर प्रश्न गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो घटनाको प्रमुख दायरामा अउने व्यक्ति नै सरकारको छानबिन समितिमा रहेको  बताएका हुन्।

Hardik ivf

‘यो जहाजको जुन छानविन आयोग गठन भएको छ, त्यसमा गम्भिर त्रुटि भएको भन्ने कुराहरु बाहिर आएका छन्, यसलाई सरकारले सुनेर छाड्ने विषय होइन, त्यो सौर्य विमान पोखरा उड्नको लागि उपयुक्त थियो की थिएन भन्ने कुरा जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो चाहीँ अनुसन्धानको पहिलो दायरामा आउँछन्,’ उनले भने, ‘उनका भिनाजुलाई चाहीँ अहिले छानविन आयोगको प्रमुख बनाइएको छ भन्ने कुरा बाहिर आएको छ, यो कुन प्रकारको छानविन आयोग होला।’

उनले पटक पटक एउटै मान्छेलाई छानविनको जिम्मा दिएर सरकार मौन किन रहेको भन्दै ध्यानाकर्षण गराए।

प्रकाशित मिति: १४:४१ बजे, आइतबार, साउन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्