सिमलतालको पहिरोमा बेपत्ता यात्रु बस नभेटेपछि फर्कियो भारतीय टोली
गत साउन ५ गते उच्च नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को प्रविधियुक्त भारतीय टोली यात्रु बस खोजीका लागि नेपाल आएको थियो।
काठमाडौं, साउन १३ : भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको पहिरोसँगै बेपत्ता दुईवटा यात्रु बसको खोजीका लागि आएको भारतीय टोली आइतबार यत्तिकै फर्किएको छ।
गत साउन ५ गते उच्च नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को प्रविधियुक्त भारतीय टोली यात्रु बस खोजीका लागि नेपाल आएको थियो।
सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर टोलीसँगै आठ दिनसम्म भारतीय टोलीले बस खोजी कार्य गरेको थियो।
भारतीय टोलीको प्रयास असफल भएपछि अब सशस्त्र प्रहरी र नेपाली सेनासहितले फरक तरिकाले खोजी कार्यलाई निरन्तरता दिने जनाइएको छ। भारतीय टोलीलाई गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा बस खोज्न डाकिएको थियो।
प्रकाशित मिति: १४:३३ बजे, आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![टियुमा संयुक्त विद्यार्थी संंगठनको प्रदर्शन [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-7_6660a5dd-1777364151.jpg)