शिक्षाविद् कोइरालालाई ‘लेबाल त्रिरत्न पुरस्कार’
शनिबार बसेको नेपाली शिक्षा परिषद् प्रबन्ध समितिको बैठकले लेबाल त्रिरत्न पुरस्कार शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालालाई प्रदान गर्ने निर्णय गरेको हो।
काठमाडौं, साउन १३ : लेबाल त्रिरत्न पुरस्कार शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालालाई प्रदान गरिने भएको छ।
शनिबार बसेको नेपाली शिक्षा परिषद् प्रबन्ध समितिको बैठकले लेबाल त्रिरत्न पुरस्कार शिक्षाविद् कोइरालालाई प्रदान गर्ने निर्णय गरेको हो।
पुरस्कार आगामी साउन ३२ गते परिषद्को ७४ औं वार्षिकोत्सव तथा संस्थापक गोपाल पाँडे असीमको ११२ औँ जयन्तीका अवसरमा प्रदान गरिने परिषद्ले जनाएको छ।
कविशिरोमणि लेखनाथ पौड्याल, सिर्जनाका बहुआयामिक व्यक्तित्व बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापित गरिएको पुरस्कारको राशि १ लाख १ हजार १०१ रुपैयाँ रहेको छ।
प्रकाशित मिति: १४:२८ बजे, आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












