Kathmandu Press

निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल बयान दिन विशेष अदालतमा

अख्तियारले अर्यालविरुद्ध निजी क्षेत्रको अन्तशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो।
निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल बयान दिन विशेष अदालतमा
फाइल तस्बिर।

काठमाडौं, साउन १३ : भ्रष्टाचार मुद्दा चलाइएका निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल बयान दिन विशेष अदालतमा हाजिर भएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा अर्यालको बयान शुरु भएको छ। बयान सकिएपछि उनलाई दिएपछि उनलाई थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा रिहा गर्ने विषयमा अदालतबाट थुनछेक वहश हुनेछ।

Hardik ivf

अख्तियारले अर्यालविरुद्ध निजी क्षेत्रको अन्तशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो।

अर्याललाई हाल राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको छ। अख्तियारले मुद्दा दायर गरेको ३५ दिनपछि उनी बयानका लागि विशेष अदालतमा उपस्थित भएका हुन् ।

प्रकाशित मिति: १४:२२ बजे, आइतबार, साउन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्