Kathmandu Press

एक महिनादेखि रेसुङ्गा विमानस्थल अवरुद्ध

वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि हवाई उडान प्रभावित बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए।  
एक महिनादेखि रेसुङ्गा विमानस्थल अवरुद्ध

काठमाण्डौं, साउन १३ : गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि अवरुद्ध बनेको छ।

वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि हवाई उडान प्रभावित बनेको हो।  

साताको तीनपटक नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले असार १४ गतेपछि उडान गर्न नसकेपछि रेसुङ्गा‐काठमाडौँ र काठमाडौँ‐रेसुङ्गाका लागि टिकट काटेका यात्री दैनिक विमानस्थल पुगेर फर्किने गरेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए।

मौसममा सुधार नआउँदासम्म नियमित उडानमा समस्या हुने भएकाले यात्रीको सुरक्षालाई ध्यान दिँदै उडान रोकिएको प्रमुख थापाले बताए।

रेसुङ्गा विमानस्थलमा गत वर्षदेखि व्यावसायिक रुपमा हवाई उडान सुरु गरिएको थियो।

पछिल्लो समयमा हवाई उडान सुरु भएसँगै गुल्मीमा आउने आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा वृद्धि हुँदै गएकोे छ। 

  

प्रकाशित मिति: १४:१५ बजे, आइतबार, साउन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्