Kathmandu Press

प्रधानमन्त्री ओलीलाई मन्त्रालयका सचिवहरूको ब्रिफिङ सुरु

सरकार गठन भएपछि पहिलो पटक प्रधानमन्त्री ओलीले सबै मन्त्री तथा सचिव र योजना आयोगका पदाधिकारीहरूलाई निर्देशन दिन लागेका हुन्।
प्रधानमन्त्री ओलीलाई मन्त्रालयका सचिवहरूको ब्रिफिङ सुरु

काठमाडौं, साउन १३ : प्रधानमन्त्री केपी ओलीसँग विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ सिंहदरबारमा सुरु भएको छ।

सिंहदरबारमा आयोजित बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी छन्।

Hardik ivf

सरकार गठन भएपछि पहिलो पटक प्रधानमन्त्री ओलीले सबै मन्त्री तथा सचिव र योजना आयोगका पदाधिकारीहरूलाई निर्देशन दिन लागेका हुन्।

अहिले मन्त्रालयका सचिवहरूले आआफ्नो मन्त्रालयको कामकारबाहीबारेमा जानकारी गराइरहेका छन्। सचिवहरुको ब्रिफिङ सकिएपछि प्रधानमन्त्री ओलीले निर्देशन निदे कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित मिति: १२:५८ बजे, आइतबार, साउन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्