Kathmandu Press

६ महिनामा २ हजारमा डेंगी, ७३ जिल्लामा संक्रमण फैलिया

स्वास्थ्य मनत्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गत जनवरी यता २०२४ जनवरीयता जुलाई २६ सम्म एक हजार नौ सय ५५ जनामा डेंगी संक्रमण पुष्टि भएको जनाएको छ।
६ महिनामा २ हजारमा डेंगी, ७३ जिल्लामा संक्रमण फैलिया

काठमाडौं, साउन १३ : मुलुकभर डेंगी संक्रमितको संख्या ६ महिनाको अवधिमा झण्डै दुई हजार पुगेको छ।

पछल्लो एक महिनाको अवधिमा चार सय ६८ जना संक्रमित भएका छन्। स्वास्थ्य मनत्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गत जनवरी यता २०२४ जनवरीयता जुलाई २६ सम्म एक हजार नौ सय ५५ जनामा डेंगी संक्रमण पुष्टि भएको जनाएको छ।

Hardik ivf

यीमध्ये पछिल्लो जुलाई महिनामा चार सय ६८ संक्रमित थपिएका हुन्। डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ।

ईडीसीडीका अनुसार वाग्मती प्रदेशमा सबैभन्दा धेरै ६ सय २६ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा सबैभन्दा धेरै दुई सय २६ जनामा संक्रमण पुष्टि भएको छ।

झापामा १२९, चितवनमा १०२, तनहुँमा ७९, मकवानपुरमा ७५, कास्कीमा ६७, भोजपुरमा ६०, ओखलढुंगामा ५८, धनकुटामा ५८, काभ्रेमा ५५ जनामा डेंगी देखिएको छ।

प्रकाशित मिति: १२:५० बजे, आइतबार, साउन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्