पहिरोले कान्ति लोकपथ अवरुद्ध
मकवानपुरको महादेवटारमा पहिरोले सडकको ट्रयाक बगाएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी एवं प्रवक्ता नरेशराज सुवेदीले बताए।
काठमाडौं, साउन १३ : काठमाडौं–हेटौंडा सडक अन्तरगत कान्ति लोकपथ अवरुद्ध भएको छ।
शनिबार राति परेको बर्षाका कारण आएको पहिरोले सडक अवरुद्ध भएको हा ।
मकवानपुरको महादेवटारमा पहिरोले सडकको ट्रयाक बगाएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी एवं प्रवक्ता नरेशराज सुवेदीले बताए।
सुवेदीका अनुसार करिब ५ ठाउँमा गएको पहिरोले सडक अवरुद्ध बनाएको हो।
बाटो खुलाउने प्रयास गरिए पनि धेरै ठाउँमा पहिरो गएको कारण समय लाग्ने उनले बताए।
प्रकाशित मिति: १२:५६ बजे, आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार