Kathmandu Press

भरतपुरमा परीक्षण गरिएको २१ नमूना नेगेटिभ

चितवन, चैत २५ : भरतपुरको कोभिड १९ परीक्षण प्रयोगशालामा पहिलोपटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ। सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भ....

भरतपुरमा परीक्षण गरिएको २१ नमूना नेगेटिभ

चितवन, चैत २५ : भरतपुरको कोभिड १९ परीक्षण प्रयोगशालामा पहिलोपटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ। सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा आज सार्वजनिक गरिएको हो। प्रयोगशाला सञ्चालन उपसमितिका संयोजक डा कृष्णसागर शर्माका अनुसार भरतपुर कोरोना अस्थायी अस्पतालबाट सङ्कलन भएको १६, रत्ननगरको गुञ्जमान अस्पतालबाट पठाइएको एक र प्रयोगशालामा नै सङ्कलित चार नमूनाको परीक्षण गरिएको हो। 

भरतपुर अस्पताल, निजी मेडिकल कलेज र अस्पतालले नमूना कोरोना अस्पतालमा पठाउँछन्। शर्माका अनुसार आजबाट सबै नमूना बिहान १० बजेभित्र कोरोना अस्पतालमा सङ्कलन भई ११ बजेसम्ममा प्रयोगशालामा पु¥याएर परीक्षण थालिने छ। पोजेटिभ देखिएमा सम्बन्धित बिरामी रहेको अस्पतालका चिकित्सकलाई जानकारी गराइने छ। अन्यको नतिजा भोलिपल्ट १० बजे सार्वजनिक गर्ने गरी तालिका मिलाइएको छ। आज नतिजा आएका बिरामी अस्पतालको आइसोलेसन, क्वारेन्टाइन र होम क्वारेन्टाइनमा छन्। 

प्रकाशित मिति: १८:३९ बजे, मंगलबार, चैत २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्