Kathmandu Press

आफूमाथिको कारबाही अवैधानिक भएकाे भन्दै मुकुलले दिए निर्वाचन आयोगमा निवेदन

मुकुलले आफूमाथिको कारबाही राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ (२), रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ (४), राजनीतिक दलसम्बन्धी ऐन अनुसार अवैधानिक दाबी गरेका छन्।
आफूमाथिको कारबाही अवैधानिक भएकाे भन्दै मुकुलले दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौं, साउन १३ : राष्ट्रिय स्वतन्त्र पार्टीले आफूमाथि गरेको कारबाही अवैधानिक रहेको भन्दै मुकुल ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन्।

ढकाललाई पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो। रास्वपाको उक्त निर्णय अवैधानिक भन्दै उनले आइतबार आयोगमा निवेदन दिएका हुन्।

मुकुलले आफूमाथिको कारबाही राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ (२), रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ (४), राजनीतिक दलसम्बन्धी ऐन अनुसार अवैधानिक दाबी गरेका छन्।

प्रकाशित मिति: १२:४७ बजे, आइतबार, साउन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्