Kathmandu Press

नमोबुद्धका शिक्षकको आन्दोलनमा जिल्लाका संघ संगठनको ऐक्यवद्धता

शिक्षक व्यवस्थापनको ‘तानाशाही स्वरुप’ देखाएको भन्दै शिक्षक संघ, संगठनहरुले समग्र शिक्षा प्रणालीलाई तहसनहस पार्ने कुरामा सचेत रहन र यी र यस्ता गतिविधिहरुलाई खुलेर विरोध गर्न समग्र सरोकारवालाहरुमा अपिल समेत गरेका छन्।
नमोबुद्धका शिक्षकको आन्दोलनमा जिल्लाका संघ संगठनको ऐक्यवद्धता

काभ्रे, साउन १३ : शिक्षक सरुवा लगायतका विषयलाई आन्दोलित नमोबुद्धका शिक्षकहरुको आन्दोलनमा जिल्लास्थि शिक्षक संघ, संगठनले ऐक्यवद्धता जनाएका छन्।

नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भु प्रसाद घिमिरे, नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेका अध्यक्ष रामचन्द्र थापा र एकिकृत अखिल नेपाल शिक्षक संगठन काभ्रेका अध्यक्ष चेत लामाले हस्ताक्षर गरी संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नमोबुद्ध नगरपालिकाले ‘कानूनविपरित, पुर्वाग्रहपूर्ण तथा नियतवश र  फगत आफ्नो निहीत उद्देश्य पूरा गर्न आम बालबालिकाको हितविपरीत’ गरेको सरुवाप्रति ‘घोर भत्सर्ना गरिएको छ।

Hardik ivf

शिक्षक व्यवस्थापनको ‘तानाशाही स्वरुप’ देखाएको भन्दै शिक्षक संघ, संगठनहरुले समग्र शिक्षा प्रणालीलाई तहसनहस पार्ने कुरामा सचेत रहन र यी र यस्ता गतिविधिहरुलाई खुलेर विरोध गर्न समग्र सरोकारवालाहरुमा अपिल समेत गरेका छन्।

‘लोकहित विरुद्ध, कानून विरुद्ध’को कार्य रोक्न नमोबुद्ध नगरपालिकाको नेतृत्वलाई सचेत गराउँदै ‘योजनाकार कर्मचारीहरु’लाई समेत शिक्षकहरु र आम बालबालिकाहरु माथि गरिएको ‘अमानवीय र क्रूर व्यवहार’को अन्त गरी गल्ती सच्याउन ध्यानाकर्षण गराइएको छ।

नमोबुद्धभित्र कार्यरत सम्पूर्णत शिक्षक, अभिभावकलाई समेत यस्ता गतिविधिको विरुद्धमा डटेर लड्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

प्रकाशित मिति: ११:५९ बजे, आइतबार, साउन १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्