गोरखाको धार्चेमा पहिरो, पाँचजना बेपत्ता
गएरातिदेखि परेको वर्षासँगै पहिरो जाँदा धार्चे गाउँपालिका–५, रेसामा घर र कृषि फर्म बगाएको हो ।
काठमाडौं, साउन १३ : गोरखाको धार्चेमा पहिरो जाँदा पाँचजना बेपत्ता भएका छन् ।
गएरातिदेखि परेको वर्षासँगै पहिरो जाँदा धार्चे गाउँपालिका–५, रेसामा घर र कृषि फर्म बगाएको हो । स्थानीयका अनुसार पाँचजना बेपत्ता भएको जानकारी आएको प्रहरीले जनाएको छ ।
अहिले प्रहरी टोली घटनास्थल जाँदै छ र प्रहरी टोली पुगेपछि घटनाको विस्तृत विवरण आउने जनाईएको छ ।
प्रकाशित मिति: ०९:०४ बजे, आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












