Kathmandu Press

पर्सामा सवारी दुर्घटनामा परेर ५१ को ज्यान गयो

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०, ८१ मा एकतिहाइले बढेको बताए । 
पर्सामा सवारी दुर्घटनामा परेर ५१ को ज्यान गयो
Hardik ivf

वीरगञ्ज, साउन १३ : आर्थिक वर्ष २०८०,८१ मा सवारी दुर्घटनामा परेर  पर्सामा ५१जनाले ज्यान गुमाएका छन् । गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको ज्यान गएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०, ८१ मा एकतिहाइले बढेको बताए । 

आव २०७९, ८० मा भने २९ पुरुष, पाँच–पाँचजना महिला र बालकको गरी ३९ जनाको ज्यान गएको थियो । प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको बताए । आव २०८०, ८१ मा सात सय ९६ र आव २०७९र८० मा भने चार सय ९८  सवारी दुर्घटना भएका थिए । 

प्रकाशित मिति: ०८:१८ बजे, आइतबार, साउन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्