Kathmandu Press

नेपालीपनको समाजवादको कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष नेपाल

नेपाली समाजको चरित्र अझै पनि अर्धसमान्तवादी रहेको बताउँदै अध्यक्ष नेपालले यसको अन्त्यका लागि नेपालीपनको समाजवादको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
नेपालीपनको समाजवादको कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं, साउन १२ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले सुरु गरेको आन्दोलनमा आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन्।

पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा पुष्पलालको जन्म शताब्दीका अवसर आयोजित कार्यक्रममा उनले नेपाली जनतालाई राजनीतिक अधिकार तथा देशलाई समृद्ध बनाउन पुष्पलालले जीवनको अन्तिम घडीसम्म गरेको संघर्षको यात्रा अविस्मरणीय रहेको बताए।

Hardik ivf

नेपाली समाजको चरित्र अझै पनि अर्धसमान्तवादी रहेको बताउँदै अध्यक्ष नेपालले यसको अन्त्यका लागि नेपालीपनको समाजवादको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पलालले नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गर्दै निरूपण गरेको नेपाली क्रान्तिको सिद्धान्तमा कम्युनिस्ट पार्टीहरू अगाडि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २०:३८ बजे, शनिबार, साउन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्