Kathmandu Press

संसदीय सुनुवाइ समितिको बैठक सोमबारका लागि बोलाइयो

निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो।
संसदीय सुनुवाइ समितिको बैठक सोमबारका लागि बोलाइयो
फाइल तस्बिर।

काठमाडौं, साउन १२ : संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक सोमबारका लागि बोलाइएको छ।

निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो।

समितिले साउन ९ गते प्रधानसँग छलफल गरेको थियो। त्यसपछि कुनै निर्णय नलिइ बैठक स्थगित गरिएको थियो।

प्रधानविरुद्ध समितिमा यौन शोषण गरेको उजुरी परेको थियो। प्रधानले सहमति भइसकेको विषयमा नबोल्ने भन्दै समितिमा उजुरीका सम्बन्धमा बोल्न अस्वीकार गरेका थिए।

प्रधानको अनुमोदनका विषयमा प्रमुख दलका सांसदहरुले शीर्ष नेतासँग छलफल गरेका छन्।

संवैधानिक परिषदले असार  २ गोत प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो।

प्रकाशित मिति: २०:०३ बजे, शनिबार, साउन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्