Kathmandu Press

‘दुई दलले संविधान संशोधन गर्छु भन्नु शंकाको विषय हो’

पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा उनले कांग्रेस र एमालेले संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी दिए।
‘दुई दलले संविधान संशोधन गर्छु भन्नु शंकाको विषय हो’

काठमाडौं, साउन १२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दलले संविधान संशोधन गर्छु भन्नु शंकाको विषय भएको बताएका छन्।

पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा उनले कांग्रेस र एमालेले संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी दिए।

सशस्त्र युद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि संविधान संशोधनबाट समाप्त पार्न खोजिएको आशंका व्यक्त गरे। ‘फेरि जरुरी पर्छ भने सडकमा पलेंटी कसेर भए पनि जनताको साथमा बसेर भए पनि त्यसो हुन दिने छैनौं,’ उनले भने।

अध्यक्ष दाहालले समानुपातिक पद्धतिमा थ्रेसहोल्ड बढाउने चर्चा भएको भन्दै नेपालमा दुई पार्टी पद्धति ठीन नहुने बताए। उनले थ्रेसहोल्ड बढाएर साना पार्टीलाई निस्तेज बनाउन खोजिखएको बताए।

पूर्वप्रधानमन्त्री दाहालले बिचौलियाको सेटिङ भत्काउन खोज्दा आफू सरकारबाट बाहिरिनुपरेको पनि टिप्पणी गरे।

प्रकाशित मिति: १८:०८ बजे, शनिबार, साउन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्