Kathmandu Press

गाँजा वैधानिकताको माग गर्दै काठमाडौंमा प्रदर्शन

शनिबार काठमाडौंको भद्रकालीमा नेपाल फार्म व्यवसायी संघ र जय देश, जय चरेस समूहले विरोध प्रदर्शन गरेका हुन्।
गाँजा वैधानिकताको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं, साउन १२ : सर्वोच्च अदालतबाट अग्राधिकार पाएको सार्वजनिक सरोकारसँग सम्बन्धित गाँजा सम्बन्धी मुद्दाको सुनुवाइ छिटो हुनपर्ने माग गर्दै विरोध प्रदर्शन गरिएको छ।

शनिबार काठमाडौंको भद्रकालीमा नेपाल फार्म व्यवसायी संघ र जय देश, जय चरेस समूहले विरोध प्रदर्शन गरेका हुन्।

Photo-(2)(9)-1722080652.JPG

सहभागीहरुले ‘देशको आवश्यकता गाँजा वैधानिकता, गाँजा ज्ञान हो, संस्कृति हो, परम्परा हो, बाकसमा फर्किने कि जडिबुटी रोप्ने ? गाँजा सबको साझा’ लगायतका प्ले कार्डहरु प्रदर्शन गरेका थिए।

उनीहरूले साउन २१ गते हुने सुनुवाइ मार्फत नै फैसला दिनुपर्ने माग राखी दर्शनको आयोजना गरेका हुन्। प्रदर्शन २१ गतेसम्म चल्ने बताइएको छ।

प्रकाशित मिति: १७:२९ बजे, शनिबार, साउन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्