Kathmandu Press

नेपाल साहित्यकारहरुको गन्तव्य मुलुक हो : प्रधानमन्त्री

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल साहित्यकारहरुको गन्तव्य मुलुक भएको उल्लेख गर्दै राज्यले कला, संस्कृति र साहित्य क्षेत्रबाट समाज निर्माण गर्न लागि परेका व्यक्तिहरुलाई उचित सम्मान र संरक्षण गर्नुपर्ने बताए।
नेपाल साहित्यकारहरुको गन्तव्य मुलुक हो : प्रधानमन्त्री

काठमाडौं, साउन १२ : लेखक, कवि एवम् साहित्यकार नेत्र प्रसाद गौतमका तीनवटा कृतिहरु एकसाथ विमोचन गरिएका छन्।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार गौतमका ‘मेरो इतिवृति’, ‘नेत्रसरका तीन खण्डकाव्य’ र ‘भूत पिसाच’ नामक कृतिहरुको प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमोचन गरे।

Hardik ivf

साहित्यकार गौतमका शनिबार सार्वजनिक गरिएका तीनवटै कृतिहरुभित्र ६ वटा विभिन्न विषयसँग सम्बन्धित विषयहरु उल्लेख गरिएका छन्।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल साहित्यकारहरुको गन्तव्य मुलुक भएको उल्लेख गर्दै राज्यले कला, संस्कृति र साहित्य क्षेत्रबाट समाज निर्माण गर्न लागि परेका व्यक्तिहरुलाई उचित सम्मान र संरक्षण गर्नुपर्ने बताए।

नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र आदिकवि भानुभक्त आचार्य जस्तासाहित्यकार जन्मिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उहाँहरुको विरासत नयाँ पुस्ताका साहित्यकारहरुले सम्हाल्नुपर्ने बताए।

‘समाज तथा राज्यले कला, संस्कृति र साहित्य क्षेत्रबाट योगदान दिने स्रष्टाहरुलाई उचित सम्मान र संरक्षण गर्नुपर्दछ,’ उनले भने।

प्रकाशित मिति: १४:३१ बजे, शनिबार, साउन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्