‘मानव अधिकार संरक्षणको हक कागजमा मात्र सिमित भयो’
उनले सबैखाले हकहरुको सार हाम्रो समाज भएको बताए। उनले यहीँ समाजमा हरेक नागरिकले आत्मसम्मान पायो भनेमात्र मानव अधिकार संरक्षणको सबै विधा काम लाग्ने जिकिर गरे।(13)-1722068580.jpg)
काठमाडौं, साउन १२ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानको धारा धारामा मानव अधिकार संरक्षणको हक लेखिएपनि त्यो कागजमा मात्र सिमित भएको बताएका छन्।
शनिबार राजधानी काठमाडौंमा भएको मानव अधिकार संरक्षण सम्बन्धी कार्यक्रममा बोल्दै उनले मानव अधिकार र सम्पत्तिको हक लेखिएको भएपनि कार्यान्वयनमा नआएको बताएका हुन्।
‘हामीले संविधानको धारा धारामा मानव अधिकारको व्याख्या लेख्यौं। सम्पत्तिको हक लेख्यौं, समानताको हक लेख्यौं, स्वास्थ्यको हक लेख्यौं, यातना विरुद्दको हक लेख्यौं, सूचनाको हक लेख्यौं,’ उनले भने ‘तर हकका कुरा लेखिएपनि गाउँ समाजमा एउटा मान्छेले बाच्नको लागी आत्मसम्मान पाइरहेको छैन। संविधानमा लेखिएका ति हकहरुले उसको कुनै मूल्य मान्यता राख्दैन भने त्यसको के काम?’
साथै उनले सबैखाले हकहरुको सार हाम्रो समाज भएको बताए। उनले यहीँ समाजमा हरेक नागरिकले आत्मसम्मान पायो भनेमात्र मानव अधिकार संरक्षणको सबै विधा काम लाग्ने जिकिर गरे।
शर्माले मानव अधिकार हकको वकालत गर्नका लागि राज्यले त्यसको प्रत्याभुत गर्नुपर्ने बताए।
‘वकालत गर्न सबै नागरिकलाई समानता प्रदान राज्यले गर्नुपर्छ। तर हरेकलाई अवसर दिलाउन सकिरहेका छैनौं,’ उनले भने, ‘२१औं शताब्दीमा पनि हामी छुवाछुत भनेर मानिरहेका छौं। यसरी कसरी नागरिकलाई समानता प्रदान गर्नसक्छौं।’












