Kathmandu Press

लोकतान्त्रिक यातायात संघ गण्डकी प्रदेशको अध्यक्षमा गणेश थापा

गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न प्रथम अधिवेशनबाट थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन भएको निर्वाचन समितिका भानुभक्त बरालले जानकारी दिए।
लोकतान्त्रिक यातायात संघ गण्डकी प्रदेशको अध्यक्षमा गणेश थापा

कास्की, साउन १२ : नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा महेशबहादुर थापा (गणेश) चयन भएका छन्।

गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न प्रथम अधिवेशनबाट थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन भएको निर्वाचन समितिका भानुभक्त बरालले जानकारी दिए।

समितिको उपाध्यक्षमा विक्रम थापा, सचिवमा मेघराज त्रिपाठी, कोषाध्यक्ष बाबुराम घिमिरे र सह(सचिवमा गणेश कुमार श्रेष्ठ चयन भए । यस्तै सदस्यहरुमा चन्द्र बहादुर क्षेत्री, विनायक बराल, दिनेश बोहोरा, नारायण दानी, राजन जोशी र सन्तोष आर्चाय निर्वाचित भए।

अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले नेपालमा भएका सम्पूर्ण यातायात व्यवसायीको मागलाई समेटेर लोकतान्त्रिक यातायात अगाडि बढिरहेको र आगामी दिनमा पनि सबैलाई समेटेर लैजानुपर्नेमा बताए।

कार्यक्रममा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष योगेन्द्रमान कर्माचार्य र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वार सहित यातायात व्यसायीहरुको उपस्थिती रहेको थियो।

संघको निर्वाचन मण्डलमा बरालसहित गोकर्ण कार्की र कृष्णबहादुर अधिकारी रहेका थिए।

प्रकाशित मिति: ११:३५ बजे, शनिबार, साउन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्