आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
काठमाडौं, साउन १२ : आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।
बिहीबार राति मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए।।
फोरमका अध्यक्ष चीरबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उनको निधनको खबरले काठमाडौं उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ।
प्रकाशित मिति: ०७:३९ बजे, शनिबार, साउन १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफवाह फैलाउने १० युट्युब च्यानल परे कारबाहीमासोमबार, मंसिर १०, २०८१
कोशीका सांसद लिलाबल्लभ अधिकारी हिरासतमुक्तसोमबार, मंसिर १०, २०८१
एक वर्षदेखि रिक्त धितोपत्र बोर्डले पायो नेतृत्व, सन्तोषनारायण श्रेष्ठ अध्यक्ष नियुक्तसोमबार, मंसिर १०, २०८१
प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजातिसोमबार, मंसिर १०, २०८१