Kathmandu Press

‘कोशी प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा अगाडि बढ्छौं’

‘पर्यटकीय गन्तव्य रहेको यस ठाउँमा पर्यटक आगमन बढाउन प्रदेश सरकारको नेतृत्वमा देखिने गरी काम गर्छौं। आवश्यक पूवाृधार विकास र सुरक्षाका लागि सरकार मिलेर काम गर्न तयार छ,’ उनले भने।
‘कोशी प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा अगाडि बढ्छौं’

सुनसरी, साउन १२ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा अगाडि बढ्ने बताएका छन्।

शुक्रबार धरान उपमहानगरपालिका–४ र सागुदीगढी गाउँपालिका–६ को सिमाना भेडेटारमा निर्माण गरिएको भेडेटार स्काईवाकको उद्घाटन गर्दै उजले प्रदेश सरकारले रोजगारी सिर्जना र समग्र विकासका लागि योजना निर्माण गर्ने बताए।

मुख्यमन्त्री कार्कीले भेडेटार पर्यटकका लागि एक आकर्षक गन्तव्य रहेकाले यसको विकासका लागि प्रदेश सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर।े

‘पर्यटकीय गन्तव्य रहेको यस ठाउँमा पर्यटक आगमन बढाउन प्रदेश सरकारको नेतृत्वमा देखिने गरी काम गर्छौं। आवश्यक पूवाृधार विकास र सुरक्षाका लागि सरकार मिलेर काम गर्न तयार छ,’ उनले भने।

कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, सुनसरी जिल्ला प्रमुख रामचन्द्र तिवारी, सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदी, प्रहरी नायब महानिरीक्षक चन्द्र कुँवेर खापुङ, सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण जिल्ला हेडक्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यलगायत उपस्थित थिए।

प्रकाशित मिति: ०७:२६ बजे, शनिबार, साउन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्