Kathmandu Press

भेडेटारमा संचालनमा आयो स्काई वाक

एक पटकमा दुईसय जना हिँड्न सकिने ५० मिटर लम्बाइ रहेको स्काईवाकको मुख्यमन्त्री कार्कीले उद्घाटन गरेका हुन्।
भेडेटारमा संचालनमा आयो स्काई वाक

सुनसरी, साउन १२ : धनकुटाको भेडेटारमा निर्माण भएको स्काई वाक सञ्चालनमा आएको छ। शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले स्काई वाकको उदघाटन गरे।

एक पटकमा दुईसय जना हिँड्न सकिने ५० मिटर लम्बाइ रहेको स्काईवाकको मुख्यमन्त्री कार्कीले उद्घाटन गरेका हुन्।

Hardik ivf

चार वर्ष पहिले सम्झौता भई निर्माण थालिएको स्काई वाकको उचाइ भने १ सय, चौडाइ ४ मिटर र घुम्तीमा १० मिटरको रहेको छ।

कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काईवाक निर्माण गरिएको हो।

उदघाटनपछि मुख्यमन्त्री कार्कीले वोन्डर्सअम्युज्मेण्ट पार्कस एण्ड अट्राक्सन्स प्रालि, ई.आकर्षण पोखरेललगायतको टीमलाई बधाई एवम शुभकामना दिएका छन्।

प्रकाशित मिति: ०७:१६ बजे, शनिबार, साउन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्