एआईलाई नियमन गर्दै अघि बढाउन आवशयक छ : सासंद भट्टराई
उनले डिजिटल दुनियाँमा जाने क्रममा रहेको भन्दै अन्य देशमा जस्तै नेपालमा पनि एआईलाई नियमन गर्दै अघि बढाउनु पर्ने बताए।(7)-1722001548.jpg)
काठमाडौं, साउन ११ : नेकपा एमालेका सासंद योगेश भट्टराईले नेपाल अनलाई भोटिङ् सिस्टममा गए विदेशमा बसेर भोट हाल्न सक्ने बताएका छन्।
बिहिबार नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स र डाटा ड्राइभन चुनावी अभियानको बारेमा भएको छलफलमा उनले विदेशबाट पनि भोट हाल्न पाउनु पर्ने कुरा उठि रहेको अवस्थामा अनलाईन भोटिङ् महत्वपूर्ण हुने बताए।
‘नेपाल क्रमश अनलाईन भोटिङ् सिस्टममा जानु पर्छ। किनभने नेपाली भोटरहरुको ठूदो संख्या बाहिर पनि छ। अहिले हामीले विदेशबाट पनि भोट हाल्न पाउनु पर्ने कुरा उठाई रहेका छौं,’ उनले भने, ‘तर अहिलेकै प्रणालीबाट विदेशमा बसेर भोट हाल्न सक्ने अवस्था देखिएको छैन। अनलाई भोटिङ् सिस्टममा गयौं भने यो काम सजिलो हुन सक्छ।’
उनले डिजिटल दुनियाँमा जाने क्रममा रहेको भन्दै अन्य देशमा जस्तै नेपालमा पनि एआईलाई नियमन गर्दै अघि बढाउनु पर्ने बताए।
‘नेपाल छिटै डिजिटल दुनियामा जादैँ छ र त्यसको प्रभाव राजनीतिक दलमा पनि पर्छ। जति यसको प्रभाव बढ्दै जान्छ यसको नियमन पनि गर्नुपर्ने हुन्छ । राज्यले कानून बनाउनु पर्ने हुन्छ,’ उनले भने, ‘एआईको कुरामा हरेक देशले नियम बनाएर चल्दै आएका छन्। नेपालमा पनि सञ्चाल मन्त्रालय यसको नियमन गर्ने प्रक्रियामा छ।’
पार्टीगत रुपमा सूचनाहरु छिटो प्रवाह गर्नको लागि प्रचारको विभागको माध्यमबाट बढिभन्दा बढि प्रविधिको प्रयोग गर्ने प्रयासमा रहेको पनि उनको भनाई छ।












