सौर्य जहाज दुर्घटनामा निधन भएका पाँचवटा शव आफन्तले बुझे
सौर्य एयरलाइन्सबाट क्षतिपूर्ति, बिमा लगायतका विषयमा टुंगो नहुँदा मृत्यु भएकाका अधिकांश आफन्तहरुले शव बुझेका छैनन्।
काठमाडौं, साउन ११ : सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरूको शव आफन्तलाई बुझाउन थालिएको छ।
त्रिवि शिक्षण अस्पतालमा शुक्रबार बिहान शवहरूको पोस्टमार्टम सकिएको थियो । त्यसपछि आफन्तलाई शव बुझाउन थालिएको हो। आफन्तहरुले अस्पतालबाट पाँचवटा पहिचान भएका शवहरू बुझेका छन्।
सौर्य एयरलाइन्सबाट क्षतिपूर्ति, बिमा लगायतका विषयमा टुंगो नहुँदा मृत्यु भएकाका अधिकांश आफन्तहरुले शव बुझेका छैनन्। क्षतिपूर्तिको विषयमा अझै सहमति हुन सकेको छैन।
आफन्तले पोष्टमार्टमबाट पहिचान भएका उद्धव पुरी, अस्मिन निरौला, श्याम विन्दुकार, सुशान्त कटुवाल र राजाराम आचार्यको शव बुझेका हुन्। मृतकका आफन्तहरु अहिले शिक्षण अस्तापलमा जम्मा भएका छन्।
प्रकाशित मिति: १८:३६ बजे, शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












