सहकारी अपचलनबारे छानविन समितिले गृहमन्त्रीसँग छलफल गर्ने
समितिले सहकारी ठगी प्रकरणमा जोडिएर देश बाहिर रहेकालाई स्वदेश फर्काउन भइरहेका पहलबारे गृह मन्त्रालयसँग छिटो छलफल गर्ने भएको छ।
काठमाडौं, साउन ११ : सहकारी संस्था बचत रकम अपचलनका बिषयमा संसदीय छानबिन विशेष समितिले गृह मन्त्रालयसँग छलफल गर्ने तयारी गरेको छ।
शुक्रबार बसेको छानविन समितिको बैठकले गृहमन्त्री रमेश लेखक र मन्त्रालयका अन्य अधिकारीसँग छलफल गर्ने निर्णय लिएको हो।
समितिले सहकारी ठगी प्रकरणमा जोडिएर देश बाहिर रहेकालाई स्वदेश फर्काउन भइरहेका पहलबारे गृह मन्त्रालयसँग छिटो छलफल गर्ने भएको छ। शुक्रबार समितिले तीनजना पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेको छ।
सहकारीमा देखिएको समस्या र समाधानबारे पूर्व अर्थमन्त्रीले सुझाव दिएका छन्। समितिले गृहमन्त्री र मन्त्रालयका अन्य अधिकारीसँग छलफल गरेपछि सहकारी ठगीबारे एउटा निचोडमा पुग्ने छ।
प्रकाशित मिति: १८:३२ बजे, शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












