Kathmandu Press

कोरोनाको संकटबाट देशलाई जोगाउन कांग्रेसले सरकारलाई सहयोग गर्ने 

काठमाडौं, चैत २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संकटबाट नेपाल र नेपालीलाई जोगाउन सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ। 

कोरोनाको संकटबाट देशलाई जोगाउन कांग्रेसले सरकारलाई सहयोग गर्ने 

काठमाडौं, चैत २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संकटबाट नेपाल र नेपालीलाई जोगाउन सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ। 

मंगलबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवास बसेको पदाधिकारी बैठकले सरकारलाई हरसम्भव सहयोग गर्ने निर्णय गरेको हो। कांग्रेसले कोरोना रोगथाम तथा नियन्त्रणका लागि तयारी गर्न पर्याप्त समय पाएर पनि नभएको भन्दै दुःख व्यक्त गरेको छ। 

कांग्रेसले संक्रमण दोस्रो चरणमा प्रवेश गरेकाले परीक्षणको दायरा तत्काल व्यापकरुपमा अघि बढाएर युद्धस्तरमा काम गर्न सरकारलाई अपिल गरेको छ। यस्तै, बैठकले स्वास्थ्य सामग्री खरिदमा बजार मूल्यभन्दा बढी राज्यकोषको रकम निकासा गराएर गरिएको भ्रष्टाचार र अनियमिततामा संलग्नहरुलाई पदमुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ।

हेर्नुस् बैठकका निर्णयहरू :

प्रकाशित मिति: १६:५८ बजे, मंगलबार, चैत २५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्