Kathmandu Press

मेयर नकर्मीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कीर्तिपुरका नगरप्रमुख एवम् कांग्रेस काठमाडौंका उपसभापति नकर्मीको निधनप्रति दुःख व्यक्त गरेका हुन्।
मेयर नकर्मीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, साउन ११ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कीर्तिपुरका नगरप्रमुख एवम् कांग्रेस काठमाडौंका उपसभापति नकर्मीको निधनप्रति दुःख व्यक्त गरेका हुन्।

Hardik ivf

मृगौला रोगबाट पीडित नकर्मीको बिहीबार राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

सभापति देउवाले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा स्व. नकर्मीले पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले मृत आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन्।

नकर्मीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी नेतृत्व गुमाएको छ।

पार्टी सभापति देउवाले आज कीर्तिपुर नगरपालिकाको कार्यालय परिसरमा पुगेर उाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

त्यसैगरी, कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एवम् उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, पार्टीका केन्द्रीय सदस्यहरू, जिल्ला सभापति, अन्य नेता एवम् कार्यकर्ताहरू तथा स्वर्गीय नकर्मीका आफन्तजन अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित भएका थिए।

प्रकाशित मिति: १८:१५ बजे, शुक्रबार, साउन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्