Kathmandu Press

विद्यालय शिक्षा विधेयक संशोधन गर्न आवश्यक

सांसद निशा डाँगीले शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा नीजि क्षेत्रमा भएको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउन पनि विद्यालय शिक्षा विधेयक संशोधन गर्न आवश्यक रहेको औंल्याइन्।
विद्यालय शिक्षा विधेयक संशोधन गर्न आवश्यक

काठमाडौं, साउन ११ : सांसदहरुले शिक्षामा नीजि क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउन विद्यालय शिक्षा विधेयक संशोधन गर्न आवश्यक रहेको औल्याएका छन्।
 
शुक्रबार सिंहदरबारस्थित समिति सभाकक्षमा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासंग छलफल भएको हो।

छलफलमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा नीजि क्षेत्रमा भएको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउन पनि विद्यालय शिक्षा विधेयक संशोधन गर्न आवश्यक रहेको औंल्याइन्।

Hardik ivf

‘नेपालको संविधानको धारा ५१ को २ मा के लेखिएको छ भन्दा शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्न भनिएको छ,’ उनले भनिन्, ‘नीजि क्षेत्रमा भएको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामुलक बनाउने भनेर लेखिएको छ। यसलाई ध्यानाकर्षण गर्दै संशोधन आवश्यक छ।’

उनले पाठ्यक्रम तथा पाठ्यसामग्री व्यवहारिक हुनैपर्ने,व्यवसायिक उपयोगी शिक्षा मूलक र अपाङ्गमैत्री भए नभएको पनि परीक्षण गर्ने भनेर संशोधन हालेको पनि बताइन्।

प्रधानमन्त्रीले दिएको निर्देशन विद्युत प्राधिकरणले नमानेको भन्दै प्राधिकरण नीजि कम्पनी जस्तो देखिएको पनि बताए।

प्रकाशित मिति: १७:४७ बजे, शुक्रबार, साउन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्