राष्ट्रपति पौडेलका तर्फबाट भिमेश्वर मन्दिरमा क्षमा पूजा
राष्ट्रपति पौडेलले शितल निवासबाटै संकल्प गरी पठाएको सामग्रीबाट भीमेश्वरमा क्षमा पूजा लगाइएको हो।
काठमाडौं, साउन ११ : दोलखाको भीमेश्वरमा पसिना आएपछि राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट मन्दिरमा क्षमा पूजा गरिएको छ।
राष्ट्रपति पौडेलले शितल निवासबाटै संकल्प गरी पठाएको सामग्रीबाट भीमेश्वरमा क्षमा पूजा लगाइएको हो।
राष्ट्रपति भवनमै विशेष संकल्प गरी पुजा सामग्री भिमेश्वर मन्दिरमा पठाइएको जनाइएको छ। पुजा सामग्री पुगेपछि दोलखाका प्रमुख जिल्ला अधिकारीको संलग्नतामा पूजा सम्पन्न भएको थियो।
गत शनिबार र बुधबार भीमसेनको शिलामा पसिना आएपछि मन्दिरका पूजारीमार्फत राष्ट्रपतिलाई क्षमा पूजाका लागि आग्रह गरिएको थियो।
प्रकाशित मिति: १७:०८ बजे, शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












