Kathmandu Press

‘लाइफ ड्यामेज’को शुभमुहूर्त

मुहूर्तमा नायिका सुरक्षा पन्त, निमेशसहित फिल्म प्रमुख कलाकारहरू र प्राविधिक टोली उपस्थित थिए। फिल्ममा निमेशले सुरक्षासँग स्क्रिन सेयर गर्नेछन्।
‘लाइफ ड्यामेज’को शुभमुहूर्त

काठमाडौं, साउन ११ : निमेश श्रेष्ठले निर्देशनमा बन्न लागेको फिल्म ‘लाइफ ड्यामेज’को शुभमुहुर्त गरिएको छ।

शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै मुहूर्त गरिएको हो।

Hardik ivf

मुहूर्तमा नायिका सुरक्षा पन्त, निमेशसहित फिल्म प्रमुख कलाकारहरू र प्राविधिक टोली उपस्थित थिए। फिल्ममा निमेशले सुरक्षासँग स्क्रिन सेयर गर्नेछन्।

LIFE-DAMAGE-FILM-MUHURT3-1721981892.jpeg

फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्ममा सुरक्षा, निमेषसँगै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिशजंग थापा, अजय पन्त, निरू खड्कालगायतको अभिनय रहनेछ।

यसैवर्ष रिलिज लक्ष्य राखिएको फिल्मलाई निमेश र इशा थापाले लेखेका हुन्। फिल्ममा प्रवीण खड्काको डिओपी, निमा श्रेष्ठको सम्पादन, अभिषेक खरेलको प्रोडक्सन डिजाइन, जेनिश शाक्यको प्रोडक्सन व्यवस्थापन रहनेछ।

प्रकाशित मिति: १४:०३ बजे, शुक्रबार, साउन ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्