जहाज दुर्घटनाका मृतकको पोष्टमार्टम सकियो, क्षतिपूर्ति नपाएसम्म मृतकका परिवारले शव नबुझ्ने
त्रिवि शिक्षण अस्पताले शव परिवारलाई बुझाउने तयारी गरे पनि मृतकका परिवारले भने बिमा र एयरलाइन्सले दिने क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने बताएका छन्।-1721983178.jpg)
काठमाडौं, साउन ११ : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शव पोस्टमार्टम शुक्रबार सकिएको छ। शवको पोष्टमार्टम सकिएलगत्तै शव पहिचान कार्य शुरु भएको छ।
त्रिवि शिक्षण अस्पताले शव परिवारलाई बुझाउने तयारी गरे पनि मृतकका परिवारले भने बिमा र एयरलाइन्सले दिने क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने बताएका छन्।
दुर्घटनामा ज्यान गुमाउनेका आफन्तहरूले यसअघि विहीबार शिक्षण अस्पतालमा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र एयरलाइन्सका म्यानेजर गोपाल भट्टराईसँग बिमा, क्षतिपूर्ति रकम टुंगो लागेपछि मात्र शव बुझ्ने माग राखेका थिए।
मृतकका आफन्तलाई भेट्न मन्त्री पाण्डे र एयरलाइन्सका एकाउन्टेबल म्यानेजर भट्टराई त्रिवि शिक्षण अस्पताल पुगेका थिए।
नागरिक उड्डयन मन्त्रालय, एयरलाइन्सका उच्च प्रतिनिधि र मृतकका आफन्तबीच छलफल गरी क्षतिपूर्तिको टुंगो लगाइने छ।
प्रकाशित मिति: १३:४७ बजे, शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












