कालोबजारीको आरोपमा शंकर ग्रुपका मालिक अग्रवाल पक्राउ
काठमाडौं, चैत २५ : महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कालोबजारीको आरोपमा शंकर ग्रुपका मालिकलाई पक्राउ गरेको छ। मंगलबार महँगोमा थर्मल गन बेचेक....

काठमाडौं, चैत २५ : महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कालोबजारीको आरोपमा शंकर ग्रुपका मालिकलाई पक्राउ गरेको छ। मंगलबार महँगोमा थर्मल गन बेचेको आरोपमा सुलभ अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो।
पाँच हजार रुपैयाँ पर्ने थर्मल गन उनले १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेका थिए। साथै प्रहरीको उनको साथबाट ६७ थान थर्मल गन पनि बरामद भएको छ। कालोबजारीको क्रममा उनले कूटनीतिक नियोगको २०९८ सीसीको गाडी प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ।
शंकर ग्रुपले शनिबार मात्र नेपाल एयरलाइन्सको विमान चार्टर गरेर चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो।
प्रकाशित मिति: १६:१८ बजे, मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











