Kathmandu Press

संस्थागत सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

 आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिले  सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ, व्यक्तिगत कर्जाको सीमा भने यथावत रहेको छ।
संस्थागत सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौं, साउन ११ : नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ। 

 आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिले  सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ। 

शुक्रबार आर्थिक वर्ष २०८१र२०८२  को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितो कर्जामा दिइने अधिकतम २० करोडको सीमा खारेज गरेको जानकारी गराएका छन्।

व्यक्तिगत कर्जाको सीमा भने यथावत रहेको छ। हाल व्यक्तिका हकमा सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँ रहेको छ।


 

प्रकाशित मिति: १३:३३ बजे, शुक्रबार, साउन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्