Kathmandu Press

सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदल बैठक बिना निष्कर्ष टुंगियो

प्रतिवेदनको निश्कर्षमा पुग्न कानुन सचिव, आयोगका सचिव, महान्यायाधिवक्ता, कानुन मन्त्री लगायतको सहयोग लिइने जनाइएको छ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदल बैठक बिना निष्कर्ष टुंगियो

काठमाडौं, साउन ११ : शुक्रबार सिंहदरबारमा बसेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक बिना निश्कर्ष टुंगिएको छ।

बैठकले सरोकारवालासँग थप छलफल गरेर मात्र निश्कर्षमा पुग्ने निर्णय लिएको छ।

प्रतिवेदनको निश्कर्षमा पुग्न कानुन सचिव, आयोगका सचिव, महान्यायाधिवक्ता, कानुन मन्त्री लगायतको सहयोग लिइने जनाइएको छ।

सरोकारवालासँग छलफलका लागि सोमबार पुनः बैठक बस्ने भएको छ। कार्यदलले सैद्धान्तिक रूपले प्रतिबेदन टुंग्याएर नेतृत्व समक्ष पेश गर्ने भएको छ।

नमिलेको र विवादित विषयमा नेतृत्व समक्ष प्रतिवेदन बुझाइने छ।

प्रकाशित मिति: १३:१५ बजे, शुक्रबार, साउन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्