‘कारोना भाइरसलाई जरैबाट मेटाउन सकिँदैन’
काठमाडौं, चैत २५ : कोरोना भाइरसलाई बिना कुनै भ्याक्सिन वा प्रभावकारी उपचार विना खत्तम गर्न नसकिने ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्सका डा. एन....

काठमाडौं, चैत २५ : कोरोना भाइरसलाई बिना कुनै भ्याक्सिन वा प्रभावकारी उपचार विना खत्तम गर्न नसकिने ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्सका डा. एन्थोनी फाउचीले बताएका छन्।
एक प्रेस कन्फ्रेन्समा डा. फाउचीले भनेका छन्, ‘कोरोना भाइरस फैलनुभन्दा पहिले अमेरिका जुन स्थितीमा थियो, यदी यसको कुनै असरदार उपचार वा भ्याक्सिन उपलब्ध नभए अब त्यो स्थितीमा नपुग्न पनि सक्छ।’
जोन होपकिन्स यूनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइसबाट तीन लाख ६८ हजार २४१ मानिस संक्रमित भएका छन् र करिब ११ हजार मानिसको मृत्यु भएको छ। कोरोनाका कारण दुनियाँ भरमा कारोबार र सामाजिक जीवन नराम्रोसँग प्रभावित बनेको छ। विश्वका २११ देशमा कोरोना भाइरस फैलिइसकेको छ।
अहिलेसम्म विश्वभर १३ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् भने करिब ७५ हजार मानिसको मृत्यु भइसकेको छ। अधिकांश देशले संक्रमण फैलन नदिन लकडाउन घोषणा गरेका छन्। अमेरिकाको धेरै राज्यमा कोरोना फैलन नदिन सामाजिक दुरी अपनाइएको छ।
डा. एन्थोनी फाउची अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषत्र हुन्। उनी नेश्नल इन्स्टिट्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिजका निर्देशकसमेत हुन्। उनले चाँडै कोरोनाको उपचारका लागि भ्याक्सीन आउने आशा व्यक्त गरेका छन्। कोरोनाको उपचारका लागि विश्वका धेरै देशका वैज्ञानिक लगातार कोशिस गरिरहेका छन्।
धेरै देशले औषधिको परीक्षण गर्ने कामसमेत थालेका छन्। तर, अहिलेसम्म कसैलाई पूर्णरुपमा सफलता मिलेको छैन। फाउचीले कि कोरोना भाइरस संक्रमण मौसमी बिमारी बन्न सक्ने बताएका छन्। उनले भनेका छन्, ‘कोरोना सिजनल रोगकोरुपमा रहन सक्छ। तत्कालै यसलाई धर्तीबाट पुरै खत्तम बनाउन सक्ने सम्भावना छैन। अर्को वर्षसमेत यो महामारीको रुपमा आउन सक्छ।’
बीबीसी










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
