१३ थान नक्कली नोटसहित २ जना पक्राउ
उनीहरुबाट १ हजारका १३ थान नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
काठमाडौं, साउन ११ : रौतहटमा नक्कली नोटसहित २ जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले सर्लाहीको गोडैता नगरपालिका–८ का ३२ वर्षीय नजरे आलम र सोही ठाउँका २४ वर्षीय इमामुल हक दर्जीलाई रोतहटबाट पक्राउ गरेको हो।
उनीहरुबाट १ हजारका १३ थान नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
चन्द्रपुर नगरपालिका–१० बालचनपुरस्थित बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रकाशित मिति: ११:४४ बजे, शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












