Kathmandu Press

चर्चित गीतकार एलपी जोशीको निधन

लामो समयदेखि मधुमेहबाट पीडित जोशी बिहीबार बेलुका खाना खाएपछि अकस्मात बेहोस भएका थिए। त्यसपछि अस्पताल लैजानेक्रममा बाटोमै उनको निधन भएको बताइएको छ।
चर्चित गीतकार एलपी जोशीको निधन

काठमाडौं, साउन ११ : नेपाली सांगीतिक क्षेत्रमा थुप्रै चर्चित गीत दिएका गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। जोशीको ८८ वर्षको उमेरमा बिहीबार झापाको दमकस्थित आफ्नै घरमा निधन भएको हो।

लामो समयदेखि मधुमेहबाट पीडित जोशी बिहीबार बेलुका खाना खाएपछि अकस्मात बेहोस भएका थिए। त्यसपछि अस्पताल लैजानेक्रममा बाटोमै उनको निधन भएको बताइएको छ।

Hardik ivf

उनले ‘रिटिङ रिटिङ नबजाउ बिनायो’,  ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो’ जस्ता चर्चित गीत नेपाली सांगीतिक क्षेत्रलाई दिएका छन्।

२०१३ सालमा उनको पहिलो गीत रेडियो नेपालमा रेकर्ड भएको थियो।

 

प्रकाशित मिति: ११:३६ बजे, शुक्रबार, साउन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्