Kathmandu Press

कोशी सरकारबाट बाहिरिँदै माओवादी 

नेपाली कांग्रेस र नेकपा एमाले विच केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलसँगै कोशी सरकारबाट माओवादी केन्द्र शुक्रबार बाहिरिन लागेको हो।
कोशी सरकारबाट बाहिरिँदै माओवादी 

विराटनगर, साउन ११ : कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ।

नेपाली कांग्रेस र नेकपा एमाले विच केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलसँगै कोशी सरकारबाट माओवादी केन्द्र शुक्रबार बाहिरिन लागेको हो।

कोशी सरकारमा माओवादी केन्द्रका भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेती, स्वास्थ्य राजेन्द्र कार्की, पर्यटन वन तथा वातावरण नारायणबहादुर बुर्जा मगर र पर्यटन राज्य मन्त्रीमा बन्दना झाँगड थिए।

माओवादी केन्द्र सत्ताबाट बाहिरिएपछि सरकारमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने छ। 
 
प्रकाशित मिति: ११:३१ बजे, शुक्रबार, साउन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्