Kathmandu Press

रोटरी क्लब अफ काभ्रे बनेपाद्वारा आमा तथा नवजात शिशुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

आमा तथा नवजात शिशुको स्वास्थ्य तथा स्याहार सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले सामाग्री सहयोग गरिएको संस्थाका अध्यक्ष श्यामकुमार तिमल्सिनाले बताए।
रोटरी क्लब अफ काभ्रे बनेपाद्वारा आमा तथा नवजात शिशुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काभ्रे, साउन ११ : रोटरी क्लब अफ काभ्रे बनेपालेआमा तथा नवजात शिशुहरुलाई स्वास्थ्य सामाग्री तथा न्यानो कपडा सहयोग गरेको छ।

रोटरी क्लब अफ काभ्रे बनेपाले बिहीबर एक कार्यक्रमबीच शिर मेमोरियल अस्पतालका प्रमुख कार्यकरी अधिकृत डा.हेक्टर जि. गेएरेसको उपस्थितीमा आमा तथा नवजात शिशुलाई सामाग्री हस्तान्तरण गरेको हो।

आमा तथा नवजात शिशुको स्वास्थ्य तथा स्याहार सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले सामाग्री सहयोग गरिएको संस्थाका अध्यक्ष श्यामकुमार तिमल्सिनाले बताए।

k9b4ODsT-1721972464.jpeg

रोटरी मातृ तथा बाल स्याहार महिनाको उपलक्ष्यमा १८ जना नवजात शिशु, १८ जना सुत्केरी महिला र २ जना गर्भवती महिलाहरूको लागि स्वास्थय सामाग्री र न्यानो कपडा गरिएको उनले बताए।

कार्यक्रममा रोटरी क्लब अफ काभ्रे बनेपाका निवर्तमान अध्यक्ष केशव बडाल, पूर्व अध्यक्षहरू हिरा शर्मा नेपाल, रघुनाथ घिमिरे, रामप्यारी बज्राचार्य, सूर्यप्रभा शाक्य, भुवनकाजी मानन्धर, बोर्डका पदाधिकारी बोर्डका पदाधिकारी तथा रोटरियनहरूको सहभागिता थियो।

rrr-1721972568.jpg
 
प्रकाशित मिति: ११:२६ बजे, शुक्रबार, साउन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्