Kathmandu Press

कीर्तिपुरका मेयर नकर्मीको निधन

मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए। पछिल्लो १ महिना यता उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो ।
कीर्तिपुरका मेयर नकर्मीको निधन

काठमाडौं, साउन ११ : कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ। उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति १०ः४० बजे निधन भएको हो।

मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए। पछिल्लो १ महिना यता उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो ।

Hardik ivf

अहिले नकर्मीको पार्थिव शरीर श्रद्धाञ्जलीका कीर्तिपुर नगरपालिका परीसरमा राखिएको छ।

नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट कीर्तिपुरको मेयरमा निर्वाचित भएका थिए । २०५४ सालमा नगरपालिका बनेको कीर्तिपुरमा पहिलो पटक कांग्रेसका नकर्मी मेयरमा निर्वाचित भएका थिए।

२०४६ सालको जनआन्दोलनमा नकर्मीले सक्रिय भूमिका खेलेका थिए।

प्रकाशित मिति: १०:१७ बजे, शुक्रबार, साउन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्