माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयहरूमा छलफल हुने पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए ।
काठमाडौं, साउन ११ : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयहरूमा छलफल हुने पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए ।
पार्टीका आन्तरिक गतिविधि, पार्टी संगठन सुदृढिकरण, जनतासँग जाने विषय र पार्टीको आगामी रणनीतिका बारेमा छलफल सापकोटाले बताए ।
प्रकाशित मिति: ०८:३१ बजे, शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












