छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
महानगरपालिकाको भित्री सडकमा सवारी दुर्घटना हुँदा उक्त महानगरपालिका–७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारीको मृत्यु भएको छ भने खोलाले बगाएर कालिका नगरपालिका–१० का ३३ वर्षीय गम्भीर चेपाङको ज्यान गएको हो ।चितवन, साउन ११ : भरतपुरमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ ।
महानगरपालिकाको भित्री सडकमा सवारी दुर्घटना हुँदा उक्त महानगरपालिका–७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारीको मृत्यु भएको छ भने खोलाले बगाएर कालिका नगरपालिका–१० का ३३ वर्षीय गम्भीर चेपाङको ज्यान गएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार साँझ सिद्धिबजारबाट घर फर्किँदा कयरखोलाले बगाएर बेपत्ता भएका चेपाङको शव आज बिहान फेलापरेको हो भने भरतपुर महानगरपालिका–८ अशोक चोकमा नम्बर नखुलेको सवारीसाधनले अधिकारी सवार मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका निजको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
प्रकाशित मिति: ०८:१६ बजे, शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
घोडेपानीमा आन्तरिक पर्यटकलाई छुटशुक्रबार, कात्तिक २, २०८१
जैविक विविधताले कृषिको दिगोपनामा महत्त्वपूर्ण योगदान : मन्त्री अधिकारीशुक्रबार, कात्तिक २, २०८१
देशभरको तापक्रम क्रमशः घट्दोशुक्रबार, कात्तिक २, २०८१
'बाढी पहिरोको क्षति विवरण संकलन गरी सरकार यथाशीघ्र पुनस्थापनामा केन्द्रित हुनुपर्छ'बिहीबार, कात्तिक १, २०८१