Kathmandu Press

कीर्तिपुरका मेयर नकर्मीको स्वास्थ्य अवस्था जटील

कीर्तिपुरका मेयर नकर्मीको स्वास्थ्य अवस्था जटील

काठमाडौं, साउन १० : कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको स्वास्थ्य अवस्था जटील बनेको छ।

नकर्मीको हाल वीर अस्पतालको सघन कक्षमा नकर्मीको उपचार भइरहेको छ। मिर्गौलाको समस्याका कारण नकर्मीको स्वास्थ्य जटिल अवस्थामा पुगेको जनाइएको छ।

Hardik ivf

नकर्मीको वीर अस्पतालमा नियमित डायलिसिस हुँदै आएको थियो। पछिल्लो एक महिनादेखि स्वास्थ्यमा समस्या बढ्दै गएको बताइएको छ।

समस्या जटील बनेपछि अहिले आइसियुमा राखेर उपचार चलिरहेको छ। नकर्मी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: १९:५१ बजे, बिहीबार, साउन १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्